शहीद दिवसमा सार्वजनिक बिदा नहुने भएको छ । माघ १६ गते मङ्गलवार पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने, तर सार्वजनिक बिदा भने यसपालि नहुने गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।
‘माघ १६ को शहीद दिवसमा सार्वजनिक बिदा हो कि होइन भनेर सयौंले सोधे,’ अधिकारीले भने, ‘खासमा यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय भएको छ । तर, अर्को वर्ष भने बिदा दिने १२ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको छ ।’
शहीद दिवसलाई राष्ट्रिय रूपमा मनाइने छ । तर, सरकारीर्यालयहरू खुल्ने छन् ।
हेर्नुहोस् १२ पुसको मन्त्रिपरिषद बैठकको निर्णयः

विदा सम्राबन्जधी पत्रमा उल्लेख विवरण


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्