थाहा नगरपालिका ३ घर्तिखोलाका बच्चुराम कार्कीप्रति नेकपा एमालेले श्रद्धाञ्जली व्यक्त गरेको छ । कार्कीको १३ औं दिनको पुण्यतिथि पारेर १५ माघमा कार्कीकै निवासमा एमाले ३ नम्बर वडा कमिटीले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
वडा कमिटीका उपाध्यक्ष प्रेम गोपालीको सभाध्यक्षतामा भएको सभामा प्रमुख अतिथि एमाले जिल्ला कमिटी मकवानपुरका सदस्य एवम् थाहानगर सह–इञ्चार्ज सुरेन्द्रमान प्रधानले मृतक कार्कीको तस्वीरमा माल्यार्पण गर्दै कार्कीले समाज परिवर्तनमा पु¥याउनु भएको योगदानको कदर गरे ।
कार्यक्रममा एमाले मकवानपुरका जिल्ला कमिटीका पूर्व सदस्य बिमलकुमार ढकाल, जिल्ला पर्यटन विभाग सदस्य नवराज कार्की, नगर सचिवालय सदस्य लक्ष्मण बर्तौलालगायतले शोक मन्तव्य व्यक्त गरे । सभामा एमाले जिल्ला कमिटी सदस्य शिवराम थापा, थाहा नगर जनबर्गीय संगठन अध्यक्ष बलराम थापा, नगर सदस्य युवराज बर्तौलालगायतको सहभागिता थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्