देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा पालुङ जेसीज, लायन्स क्लव अफ थाहा पिस र लियो क्लव अफ पिस थाहाले दिप प्रज्वलन गरेको छ । थाहानगरको थानाबजार स्थित बुद्ध चोकमा गरिएको दिप प्रज्वलन गरिएको हो ।
पालुङ जेसिज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, पालुङ जेसिजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल,लियो क्लव अफ पिस थाहाकी अध्यक्ष रोशनी गोपाली, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगर,थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने थाहानगर खेलकुद विकास समिती सदस्य यादव रायमाझी, पुर्व अध्यक्ष मनोज रायमाझी, सुरेन्द्रमान प्रधान,जेसीज बर्ष २०२४ बोर्डका पदाधिकारीहरु, लियो र लायन्सका पदाधिकारी लगायत पत्रकार र स्थानियको उपस्थिति रहेको थियो।
सहिद दिवसकै अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र पालुङको प्रागणमा पनि सहिदको सम्झनामा दिप प्रज्वलन गरिएको छ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्