राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघनका दोषी पाइएपछि कारबाहीको लागि सिफारिस गरेकाहरुको नामावली सार्वजनिक गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले ६० जनाको नाम बाहिर ल्याएको छ ।

आर्थिक वर्ष २०७९/८० र चालु आर्थिक वर्ष २०८०/८१ मा गरिएको कामकारबाहीबारे जारी विज्ञप्तिमा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र निजामती कर्मचारीसहित तत्कालीन विद्रोहीहरुको नाम सार्वजनिक गरेको छ ।

प्रहरीतर्फ ३२ जना कारबाहीको लागि सिफारिस परेका छन् ।

पालिका प्रेस
थप जानकारी