नगर अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले वडा नम्बर ८ को अधिवेशन फागुन १० गते गर्ने निर्णय गरेको छ । अधिवेशनका लागि जगत बहादुर थापाको संयोजकत्वमा वडा अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

१९ माघमा नगर अधिवेशन आयोजक कमिटीका सदस्य हेम कुमार थिङको अध्यक्षतमा बसेको वडा कमिटीको बैठकले यो निर्णय गरेको हो । अधिवेशन आयोजक कमिटीको सचिवमा चित्र बहादुर थिङ चुनिएका छन् । बैठकले पार्टी सर्कुलर अनुसार माघ २१ गतेभित्र सदस्यता नवीकरण गरिसक्ने पनि निर्णय गरेको छ ।

बैठकमा नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु हेम बहादुर घलानज कृष्ण बहादुर सापकोटा, मुक्ती समाज बागमती प्रदेश कमिटी सचिवालय सदस्य रमेश सेन्चुरीलगायतको उपस्थिति थियो ।
यसअघि सम्पूर्ण वडाहरुले बैठक सम्पन्न गरि वडा अधिवेशनको मितिहरु तोकिसकेको छ भने नगर अधिवेशन फागुन २८ गते हुनेछ ।

पालिका प्रेस
थप जानकारी