मकवानपुरको थाहा नगरपालिकाले खोलामा माछालाई विष हालेर नमार्न अनुरोध गर्दै सूचना जारी गरेको छ । थाहा सरकारले १६ माघमा सूचना जारी गर्दैै खोलाहरुमा अनियन्त्रित रुपमा विष हाली करेन्ट लगाई माछा मार्ने गरेकोले त्यस्तो कार्य बन्द गर्न भनिएको छ ।
यसैबीच चराचुङ्गीलाई पासो थापी मार्ने गरेको पाइएकोले उक्त कार्य समेत नगर्न सूचित गरिएको छ । माछा र चरचुरुङ्गी मार्न रोक लगाउनका लागि नगरपालिकामा गुनासो प्राप्त भएको सूचनामा उल्लेख गरिएको छ । कानूनबाट बर्जित यि क्रियाकलापहरु गरेको पाइमा कानून अनुसार कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्