जनकल्याण माध्यमिक विद्यालयले अतिथिहरुलाई मायाको चिनो स्वरुप राष्ट्रिय आविष्कार केन्द्रका संचालक महावीर पुनको पुस्तक “महावीर पुन सम्झना, सपना र अविरल यात्रा“ पुस्तक प्रदान गरेको छ । विद्यालयको ५६ औं वार्षिक उत्सव समापन समारोहका अतिथीहरुलाई मायाँको चिनो पुस्तक दिएको हो ।
३० वर्षदेखि बन्द रहेको बिरगंज कृषि औजार कारखाना संचालन गर्नको निम्ति पुस्तक बिक्रीबाट रकम संकलन गर्दै आइरहेको पुनको प्रयासलाई उच्च सम्मान गर्दै विद्यालयले मायाको चिनो स्वरुप पुस्तक प्रदान गरेको विद्यालय व्यवस्थापन समिती अध्यक्ष राजिव स्याङ्तानले बताए । उनले विद्यालयको कार्यक्रम भएको हुनाले जीवनमा काम लाग्ने ज्ञानका कुरा प्राप्त गर्न सकिने चिज प्रदान गर्दा प्रभावकारी हुने र बैज्ञानिक पुनको प्रयासमा एउटा सानो सहयोग हुने ठानेर मायाको चिनोको रुपमा पुस्तक प्रदान गरिएको बताए ।

करिब ३० वर्षदेखि वीरगञ्जमा बन्द अवस्थामा रहेको कृषि औजार कारखाना सञ्चालनको लागि आर्थिक सहयोग जुटाउन पुनले आफ्नो जीवन कथा समेटिएको पुस्तक बेचिरहेका छन्। पुनले बिक्री भएका किताबको सबै रकम कारखाना सञ्चालनमा खर्च गर्ने घोषणा गरेका छन्।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्