थाहा नगरपालिका स्थानीय स्काउट परिषदमा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । २२ माघमा स्थानीय स्काउट कार्यालयको सभाहलमा भएको निर्वाचन कार्यक्रममा सम्पूर्ण सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत दिपक सिंह विष्टले जानकारी दिए ।
स्काउट परिषद सदस्य निर्वाचित हुनेहरुमा स्काउटरहरु गणेशमान श्रेष्ठ, मिना महर्जन, कृष्णप्रसाद लामिछाने, विनोद लामिछाने, सुमित्रा केसी, कुमार नेगी, राम बहादुर महार्जन, रेनुका गुरुङ, सावित्री केसी र गंगा नेपाल रहेका छन् । आवश्यक सङ्ख्यामा मात्र उमेदवारी परेपछि मतदान प्रक्रियामा जानु नपरेको र निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत विष्टले बताए । निर्वाचित घोषणासँगै निर्वाचन अधिकृत विष्टले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।
नेपाल स्काउट नियमावली अनुसार थाहा नगरपालिकामा ५ जना महिला र ५ जना पुरुष सदस्यको निर्वाचन गरिएको हो ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्