नेपाल कम्युनिष्ट पार्टी माओवादी निकट नेपाल दलित मुक्तिमोर्चा थाहानगर कमिटीको बैठकमा दलित समुदायको समस्यालाई कसरी समाधान गर्ने भन्ने बिषयमा छलफल भएको छ । शिखरकोटको विकास घरमा भएको बैठकमा यस्तो छलफल भएको हो ।

कार्यक्रममा दलित समुदायमा शिक्षाको अवस्थामा सुधार्न समुदायमा उच्च शिक्षासम्म पढ्न प्रोत्साहन सम्बन्धित निकायमा समन्वय गर्ने, स्वास्थ्य सुधारका निम्ति नगर भित्रका सबै दलित समुदायलाई स्वास्थ्य बीमा कार्यक्रम गराउन नगरसंग समन्वय गर्ने तथा नगर भित्रका दलित समुदायको रोजगारी तथा सीप विकासको निम्ति आधुनिकीकरण अभियान सुचारु गर्न सम्बन्धित निकायसंग पहल गर्ने निर्णय भएको छ ।

दलित अगुवाहरु बिच २३ माघमा भएको छलफल कार्यक्रममा दलित मोर्चाका मकवानपुर जिल्ला संयोजक जमिन दियालीको प्रमुख आतिथ्यमा भएको थियो । छलफल कार्यक्रममा थाहा वडा नम्बर २ को महिला सदस्य सिर्जना बिक, थाहा दलित मोर्चा इन्चार्ज अर्जुन सुनार लगाएतको आतिथ्यता तथा नगरका वडा दलित सदस्यहरुको सहभागिता रहेको थियो। दलित समुदाय हुने जातीय हिंसाको विरुद्ध कानुनी रुपमा लड्नु नै मुख्य मुद्दा भएको रामलाल सुनारले बताए । दलित समुदायमा दलित भित्र कुनै विभेद गर्न नहुने उनको भनाइ थियो ।
दलित मुक्तिमोर्चा थाहानगर अध्यक्ष पहलमान परियारको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

पालिका प्रेस
थप जानकारी