संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा दार्चुलाको शैल्यशिखर नगरपालिकामा एउटा गज्जवको संयोग जुरेको छ ।

पालिकामा अधिकृत नभएकै कारण बाउछोरालाई नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्ने सौभाग्य जुरेको हो । यतिमात्र हैन, नगरप्रमुखका भतिजाले समेत यही गाउँपालिकामा इन्जिनियरका रुपमा काम गरिरहेका छन् ।

शैल्यशिखर नगरपालिकाकाका प्रमुख हुन्, बिजय सिंह धामी । हाल प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यभार सम्हालिरहेका छन् उनका छोरा पुस्कर सिंह धामी । धामीको दरबन्दी दार्चुलाकै नौगाड गाउँपालिकामा छ । तर शैल्यशिखरमा प्रमुख प्रसाशकीय अधिकृत नभएपछि नगरपालिकाले छिमेकी पालिकामा कार्यरत पुस्करलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि बाबु मेयर र छोरा प्रमुख प्रशासकीय अधिकत बन्ने सौभाग्य जुरेको हो ।

मेयरका भतिजा योगेश सिंह धामी यही नगरपालिकाको इन्जिनियरका रुपमा कार्यरत छन् ।

पालिका प्रेस
थप जानकारी