अमेरिकी सहयोग नियोग एमसीसी (मिलेनियम च्यालेन्स कर्पोरेशन) परियोजना अन्तर्गत अनुदानबाट निर्माण हुने एमसीसी कम्याक्टको ४०० केभी उच्चक्षमताको विद्युत प्रसारण लाइन निर्माणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छ ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले मकवानपुरको साबिक नामटार, कालिकाटार (हाल कैलाश गाउँपालिका), हेटौंडा–३ र हेटौंडा–११ का जग्गाधनीलाई मुआब्जा लिन आउन प्रशासनमार्फत सूचना गरेको हो । साबिक बसामाडी गाविस, नामटार गाविस, कालिकाटार गाविस र हेटौंडा–११ को जग्गा अधिग्रहण गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुले जनाएको छ ।
गत माघ १८ मा २१ दिने सूचना प्रकाशन गरी मुआब्जाका लागि निबेदन माग गरिएको हो । जग्गा प्राप्ती ऐन २०३४ को दफा ९ को उपदफा १ बमोजिम सूचना प्रकाशन गरेको प्रशासनले जनाएको छ । यस परियोजना अन्तर्गत थाहा नगरपालिकाको ८ नम्बर वडा पनि पर्दछ ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्