मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले ल्होछारको विदा दिएको छ । गाउँपालिकामा तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा माघ २६, देखि २८ गतेसम्म सार्वजनिक बिदा दिएको सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

गाउँपालिका अध्यक्ष देव कृष्ण पुडासैनी, उपाध्यक्ष उमा कुमारी लामा र प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्कीले हस्ताक्षर गरेको ल्होछारको शुभकामना शीर्षकको छ । पत्र मार्फत उनीहरुले शुभकामना पनि दिएका छन् ।

यसअघि मकवानपुरकै राक्सिराङ गाउँपालिकाले पनि ल्होछारको ३ दिन सार्वजनिक विदा दिएको थियो ।

पालिका प्रेस
थप जानकारी