सर्वोच्च अदालतले बदर गरेको जनयुद्ध दिवसका दिन बिदा दिने निर्णयलाई स्थानीय सरकारहरुले भने अटेर गरेको पाइएको छ । रोल्पाको रोल्पा नगरपालिकाले १ फागुनमा जनयुद्ध दिवस मनाउन भन्दै पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

उसले स्थानीय तहले वर्षमा एक दिन स्थानीय तहको आवश्यकताअनुसार बिदा दिन पाइने भन्दै सो अधिकार प्रयोग गरी जनयुद्ध दिवसमा बिदा दिने निर्णय गरेको जनाएको छ ।  गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा घर्तीले कर्णाली प्रदेश सरकारले बिदा सम्वन्धमा जारी गरेको अध्यादेशमा एक दिन स्थानीय तहले आवश्यकताका आधारमा बिदा दिन पाउने भनेकाले १ फागुनलाई रोल्पा नगरबासीको आवश्यकताका रुपमा ग्रहण गरेर बिदा दिने निर्णय भएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले गतवर्ष १ फागुनमा जनयुद्ध दिवस मनाउने भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर सर्वोच्च अदाललते उनको यो निर्णय बदर गरिसकेको छ ।

426345711_1507048736530673_2157279392861813289_n1707443885.jpg

प्र