नेपाल रेडक्रस सोसाईटी बज्रबाराही उपशाखाको १८ औं बार्षिक साधारणसभा भएको छ । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखा सभापति लालबहादुर थापाको प्रमुख आतिथ्यतामा २७ माघमा सम्पन्न साधारणसभामा बज्रबाराही उपशाखाका पूर्व सभापतिहरुलाई सम्मान गरिएको थियो ।
उपशाखा सभापति राजेन्द्र विडारीको अध्यक्षतामा भएको साधारणसभामा पूर्व सभापतिहरु सानुकाजी गोपाली, महेश्वर सुवेदी, जिल्ला शाखा सदस्य पिताम्बर बास्तोलाले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभाले उपशाखा सभापति राजेन्द्र विडारी, कोषाध्यक्ष फणिन्द्रनाथ सुवेदी, सचिब मेघराज बलामीले प्रस्तुत गरेको प्रतिबेदनहरु अनुमोदन गरेको छ । कार्यक्रममा प्रमुख अतिथी जिल्ला सभापति लाल बहादुर थापाले मानविय सेवा भावमा नेपाल रेडक्रस सोसाईटीको भूमिका महत्वपूर्ण भएको बताए ।
उनले विपतको बेलामा रेडक्रसले गरेको सेवा भाव विश्वमा नै परिचित रहेको भन्दै बज्रवाराही उप शाखाले गरेको काम पनि उत्कृष्ठ रहेको बताए । उनले संस्था सुरुवाती दिनमा विभिन्न प्रक्रियागत रुपमा कमी कमजोरी हुने भएपनि संस्थालाई अझ बलियो, सुदृढ र शशक्त बनाउनको लागि संस्थाको टिम, सदस्यहरुको गहन भूमीका हुने बताएका हुन ।






















































प्रतिक्रिया दिनुहोस्