नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्लाको बर्दघाट नगरपालिकाको सहयोगमा किसानहरुका लागि मकैको बिउ, विषादी र कृषि उपकरण वितरण कार्यक्रम भएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा श्री नवदुर्गा कृषक मूल समितिमा आवद्ध ३२ वटा कृषक समूहलाई विउ, विषादी तथा कृषि उपकरण वितरण गरिएको गरेको हो ।

बर्दघाट नगरपालिका वडा नम्बर १३ मा रहेको स्मार्ट कृषिको भवनमा भएको कार्यक्रम श्री नवदुर्गा कृषक मूल समितिको आयोजनामा भएको नगरपालिकाको कृषि विकास अधिकृत नबिन ढकालले जानकारी दिए ।

 

नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, कृषि अधिकृत नबिन ढकाल, जेटिए खुमाकान्त न्योपाने, १३ नम्बर वडाध्यक्ष नरबहादुर चौधरी, एमआइएस अपरेटर लक्ष्मण कण्डेल, प्रास ऋषि चन्द, श्री नवदुर्गा कृषक मूल समिति अध्यक्ष खुमानन्द पन्थलगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नवदुर्गा कृषक मूल समितिमा आवद्ध ३२ कृषक समूहका किसानहरुका लागि ९७८४, श्रेष्ठ, सुवर्ण र सिपी जातका मकै ५ सय ९६ किलोे बिउ, टर्बो एकसय एमएलको २ सय २० पिस, ५० एमएलको ६ सय पिस र किङस्टार ५ ग्रामको १ हजार ५६० पिस विषादी वितरण गरिएको थियो । सो अवसरमा किसानहरुका लागि १६ वटा ठेलागाडा, चार्ज स्प्रे ८ थान, मेनुवल स्प्रे ९ थान, सिडर र क्रनसेलर एक/एक थान वितरण गरिएको बर्दघाट नगरपालिकाका कृषि विकास शाखाले जनाएको छ ।

बर्दघाट नगरपालिकाका किसानलेप्रति कठ्ठा ४ देखि ५ क्विन्टल मकै उत्पादन गरी मनग्य आम्दानी गर्दै आएका छन् । यहि कार्यमा थप प्रोत्साहन गर्न नगरपालिकाले सहयोग गरेको जनाइएको छ ।

 

पालिका प्रेस
थप जानकारी