नेकपा एमाले थाहा नगर कमिटीको अधिवेशन तयारी तिव्र पारिएको छ । बिहीबार होटल गङ्गामा नगर कमिटीको बैठकमा हालसम्म सम्पन्न गरेका कार्यहरुको रिपोर्टिङ गर्दै भावी कार्यक्रमहरु तय गरिएको छ ।

नगर अधिवेशन आयोजक कमिटी संयोजक अच्युतम प्रसाद ढकालको अध्यक्षता एवम् निर्वाचन क्षेत्र नम्बर २ का इञ्चार्ज बलराम बलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले फागुन २८ गते हुने अधिवेशनलाई भव्य बनाउन आवश्यक योजना बनाएको एमाले जिल्ला कमिटी सदस्य एवम् थाहा नगर सहइञ्चार्ज सुरेन्द्रमान प्रधानले जानकारी दिए ।

बैठकमा प्रदेश कमिटी सदस्य एवम् थाहानगर इञ्चार्ज इन्द्रमान स्याङ्तान, सहइञ्चार्ज नारायण रिजाल, जिल्ला कमिटी सदस्यहरु प्रधान, शशीधर सुवेदी, शिवराम थापा, सुनिता दोङ, पूर्व प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठलगायतको उपस्थिति थियो ।

यसैबीच, फागुन ४ गते शुक्रबारदेखि थाहानगरका वडाहरुको अधिवेशन सुरु हुँदैछ । वडा अधिवेशनहरुले म्याद पुगेका कमिटीहरुको नेतृत्व परिवर्तनका साथै अधिवेशन प्रतिनिधि छनौट गर्नेछ । अधिवेशनका लागि प्रत्येक वडाबाट ७ सदस्य बराबर एक, थप ५१ प्रतिशत बढी सदस्य बराबर १, ३ महिला बराबर १, थप ५१ प्रतिशत सदस्य बराबर १ र दलितका हकमा भने सबै संगठित सदस्यहरु प्रतिनिधि हुने व्यवस्था गरेको छ । जनवर्गीय संगठनहरुबाट ३/३ जना प्रतिनिधि तोकिएको छ ।

यसैबीच, थाहा वडा नम्बर ११ को अधिवेशन शुक्रबार हुँदैछ भने शनिबार वडा नम्बर २, ६ र १२ को वडा अधिवेधन हुनेछ ।

पालिका प्रेस
थप जानकारी