थाहा नगरपालिका वडा नम्बर ३ दम्की चौताराका बिनोद केसीको गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । ३ फागुन विहान ८ बजेतिर भएको आगलागिका कारण गोठमा राखिएको पराल, खोस्टासहित गोठ जलेर काम नलाग्ने गरी क्षति भएको छ ।

वस्तुलाई खुवाउने कुँडो पकाउँदा सल्केको आगोले गोठमा आगलागी भएको परिवारले जनाएको छ । गोठमा लागेको आगो थाहानगर प्रहरी तथा स्थानीयहरुले नियन्त्रणमा लिएका थिए । आगोलग्ने वित्तिकै घटनास्थल पुगेको नगर प्रहरीले दमकलको सहायताले आगो नियन्त्रणमा लिएको थियो । नगर प्रहरी प्रमुख किरण गिरीको कमाण्डमा खटी गएको टोलीले गोठसंगै जोडिएको घरमा आगो सल्किनबाट बचाएको थियो ।

खत्रीको गोठमा लागेको आगो विहान साँढे १० बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको नगर प्रहरी कमल कार्कीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी