मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सबै वडामा रोजगारीको हक, आवेदन दर्ता प्रक्रिया र वैदेशिक रोजगार सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम भएको छ । पालिकाको रोजगार सेवा केन्द्रको आयोजानामा कार्यक्रम भएको हो ।

रोजगार सेवा केन्द्रले वडा नम्बर १ देखि ५ सम्म कार्यक्रम गरेको रोजगार संयोजक नानीमायाँ घलानले जानकारी दिइन् । कार्यक्रमहरुमा गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, उपाध्यक्ष उमा कुमारी लामा, पाँच वटै वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरू, वडा सचिवहरू, कर्मचारीहरू तथा टोल विकास समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय लक्षित वर्गका १८ वर्ष देखि ५९ वर्ष उमेर समुहका महिला पुरूषहरूको पनि सहभागिता रहेको थियो ।

 

कार्यक्रमहरुमा रोजगार सेवा केन्द्र संयोजक नानीमाया घलानले प्रस्तुती करण गरेकी थिएइन् । १३ फागुनबाट शुरु भएको वडास्तरीय कार्यक्रम एक दिन एउटा वडाका दरले १७ फागुनसम्म सञ्चालन भएको थियो ।