थाहा नगरपालिका वडा नम्बर ९ देउरालीमा ट्याक्टर दुर्घटना भएको छ । थाहा नगरपालिकाबाट थानकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ त ३०१ नम्बरको पानी ट्याङ्की टेलर भएको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक धादिङ थाक्रे ४ का २५ वर्षिय प्रविण तामाङ सामान्य घाइते भएका छन् । पानी परेका कारण सडक चिप्लो भएका कारण सवारी अनियन्त्रित भएको दुर्घटना भएको प्रहरीले बताएको छ । सडक निर्माणका क्रममा पानी बोक्ने ट्याक्टर दुर्घटना भएको हो ।













































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्