नेकपा एमाले थाहानगर अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने भएका छन् । २८ फागुनमा हुने एमालेको तेस्रो नगर अधिवेशनको पोखरेलले उद्घाटन गर्ने एमाले नगर अधिवेशन आयोजक कमिटी संयोजक अच्युतम प्रसाद ढकालले जानकारी दिए ।

जेसीज हलमा हुने उद्घाटन कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा मकवानपुर ईञ्चार्ज देवी ज्ञवाली, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेललगायतको आतिथ्यता रहने एमालेदे जनाएको छ ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई जना उपसचिवसचिव पदाधिकारी सहित अधिकतम ७५ सदस्यीय नगर कमिटीको निर्वाचन गर्नेछ । महत्वका साथ हेरिएको यो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने विश्वास लिइएको छ ।
अधिवेशनका लागि खुल्ला १ सय १३, महिला ४० र दलित २३ गरी कुल १ सय ७६ जना प्रतिनिधिहरु वडा अधिवेशनबाट चयन भइसकेका छन् ।

पालिका प्रेस
थप जानकारी