थाहा नगरपालिकाका सहकारी संस्था तथा व्यवसायीहरुबीच अन्तरक्रियात्मक कर शिक्षा दिइएको छ । आन्तरिक राजस्व कार्यालय हेटौंडाको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको समन्वयमा २४ फागुनमा कार्यक्रम भएको हो ।

पालुङ बहुउद्देश्यीय सहकारीको हलमा भएको कार्यक्रममा सहभागीहरुले नेपालको कर प्रणालीमा रहेका जटिलताको अन्त्यका लागि नीतिगत सुधार गर्दै अध्याधुनिक कर प्रणालीमा देखिएका जटिलताको सहज समाधानको व्यवस्था गर्न माग गरेका थिए । उनीहरुले थाहानगरमै कर सेवा कार्यालयको व्यवस्था गर्न माग गरे । सरकारको राजस्व बढाउने र व्यवसायीलाई करको दायरमा ल्याउन, समयमै नवीकरण गर्ने उद्देश्यले कर शिक्षा दिन थालिएको आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईले बताए ।

थाहा नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी बिष्णु बहादुर बिष्टले को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विष्टल सरकार सञ्चालनको मेरुदण्ड राजश्व नै रहेको हुँदा सबै व्यवसायीहरुलाई इमान्दारिताका साथ करको दायरमा आउन आग्रह गरे । कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट, उपाध्यक्ष अरुण रायमाझी लगायतकाको उपस्थिति रहेको थियो ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरुलाई आन्तरिक राजश्व कार्यालयका कर अधिकृत गुणराज भण्डारी, कर अधिकृत प्रेम प्रसाद तिम्सिना र कर अधिकृत कमल प्रसाद अर्यालले सहजीकरण गरेका थिए ।

पालिका प्रेस
थप जानकारी