नेकपा एमाले सम्वद्ध महिला संगठन अखिल नेपाल महिला संघ थाहानगर कमिटिको आयोजनामा पाण्डुकेश्वर क्षेत्रमा सरसफाई गरिएको छ । थाहा नगरपालिका वडा नम्बर २ मा रहेको प्रशिद्ध पाण्डुकेश्वर महादेव मन्दिर परिसर सरसफाइ गरिएको हो । ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको अखिल नेपाल महिला संघका थाहानगर अध्यक्ष सुमित्रा केसीले बताइन् ।
२५ फागुनमा परेको महाशिवरात्रीमा भक्तजनहरुको समेत उपस्थित हुने मन्दिर परिसर सरसफाइ गरिएको अध्यक्ष केसीले बताइन् । सरसफाइ कार्यक्रममा अखिल नेपाल महिला संघका जिल्ला सदस्य शान्ता रिमाललगायत महिला संघका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।













































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्