थाहा नगरपालिका वडा नम्बर ११ मालगिरीका सुरेन्द्र लामाको घरमा भएको आगलागीबाट लाखौंको धनमाल क्षति भएको छ । २४ फागुन दिउँसो ४ बजेतिर लामाको घरमा विद्युत सर्ट भएर आलागी भएको बताइएको छ । करिब डेढ घण्टामा आगो निभइएको थियो ।

आगलागीबाट घरको अन्न, लत्ता कपडा, नगद तथा सुन समेत जलेको थाहानगर प्रहरी हवल्दार संग्राम खत्रीले जानकारी दिए । घरमा लागेको आगो थाहानगर प्रहरी हवल्दार संग्राम खत्रीको कमान्डमा खटिएको नगर प्रहरीको वारुणयन्त्रको टोली, ईलाका प्रहरी कार्यालय पालुङको टोली र स्थानीयको संयुक्त प्रयासमा आगो निभाइएको हवल्दार खत्रीले जानकारी दिए ।

आगलागीका कारण घरको भित्री भाग पूरै जलेको छ ।

पालिका प्रेस
थप जानकारी