दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिता अभिवृद्धि गरी दलित समुदायको समग्र उत्थान तथा विकास गर्नको निम्ति दलित जनजागरण मञ्च थाहानगर गठन गरिएको छ । स्थानिय तह, बिषयगत कार्यालय र गैर सरकारी संस्थाहरुबाट दलित लक्षित कार्यक्रम हरुलाई पारदर्शी जनमुखी नतिजामुलक बनाउन भन्दै जनक सुनारको अध्यक्षतामा मञ्च गठन गरिएको हो।
मञ्चको उपाध्यक्षमा अशोक खाती, महासचिव केशव सुनार, सचिव नमिता परियार, कोषाध्यक्ष पहलमान परियार र सदस्यहरुमा घनश्याम बिक, रेश कामी बिक, बलराम तोलाङे, अर्जुन सुनार, राजकुमार बिक, कमल सुनार र मधु बिश्वकर्मा रहेका छन । दलित समुदायको हक अधिकार स्थापित गर्दै राजनीतिक तथा आर्थिक क्षेत्रमा थाहा नगरपालिका भित्र दलित सरोकार समिती गठन गरिएको महासचिव केशव सुनारले जानकारी दिए ।













































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्