थाहा नगरपालिकाको चित्लाङमा महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । ३० फागुनमा थाहा नगरपालिका वडा नम्बर १० को तल्लो विसिङ्खेलमा स्थानीय ज्ञानीमाया गमाल आफ्नै घरको खाटमा मृत अवस्थामा फेला परेकी हुन् ।
अबेरसम्म ढोका नखुलेपछि ज्ञानीमायालाई बोलाउदा घरको ढोका नखुलेपछी स्थानीयले प्रहरीलाई खवर गरेका थिए । ईलाका प्रहरी कार्यालय चित्लाङको प्रहरी टोली पुगेर स्थानीयको रोहवरमा ढोका खोलेर हेर्दा ज्ञानीमाया खाटमा मृत अवस्थामा भेटिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।
घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । मृतकको पोष्ट मार्टमका लागि पठाइएको छ ।













































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्