मकवानपुर जिल्लाकै ३ गढी मध्ये थाहा नगरपालिका वडा नम्बर २ मा रहेको ऐतिहासिक पालुङ गढीको निर्माण सम्बन्धि काममा हिमालयन इङ्लिस बोर्डिङमा कक्षा ९ मा अध्यनरत ३६ जना विद्यार्थीहरुले श्रमदान गरेका हुन । थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको स्कुलका विद्यार्थीहरुले एक दिनको श्रमदान गरेका हुन् ।

शिक्षकद्वय संगम कार्की र सुश्मा अधिकारीको नेतृत्वमा १८ जना छात्र र १८ जना छात्राहरुले सामुहिक श्रमदान गरेको समितिका अध्यक्ष अजय कार्कीले जानकारी दिए। पालुङ गढी संरक्षण समिती समेत गठन गरेर कार्य गरिरहेको यस ऐतिहासिक पालुङ गढी लाई पालुङ जेसिजले चिनाउन पहल गरेको थियो।

पुरातत्व विभागले समेत प्रमाणित गरिसकेको पालुङ गढिको विकासको लागि हाल तिव्र गतिमा काम भैरहेको समितिका अध्यक्ष कार्कीले बताए ।

पालिका प्रेस
थप जानकारी