मकवानपुरको थाहा नगरपालिकामा रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले टेलिभिजन सेट र ब्लाङकेट सहयोग पाएको छ । सेवालाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य संस्थालाई दामन चेली समाज र चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाले सहयोग गरेको हो । बिरामी कुरुवाहरुले हेर्नका लागि टेलिभिजन र बिरामीहरुका लागि दुई संस्थाले सहयोग गरेको सहकारीकी अध्यक्ष शकुन्तला गोपालीले जानकारी दिइन् ।

दामन चेली समाजका अध्यक्ष राधिका रायमाझी तथा चेतनशिल महिला सहकारीका अध्यक्ष शकुन्तला गोपाली सहितको टोलीले स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गगन कार्की र स्वास्थ्य केन्द्रका अध्यक्ष समेत रहेका थाहा वडा नम्बर ४ का अध्यक्ष नारायण लामालाई ३२ इन्चको टेलिभिजन र १० थान ब्लाङकेट हस्तान्तरण गरेका थिए।

कार्यालयका प्रमुख डाक्टर गगन कार्कीले स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले यसमा सबैले ध्यान दिनु पर्ने बताए । उनले स्वास्थ्य संस्थामा आवश्यक सामग्री सहयोग गरेकोले दामन चेली समाज र चेतनशील महिला सहकारीलाई धन्यवाद दिए । डाक्टर कार्कीले थाहा नगरपालिका भित्र स्वास्थ्य सेवामा गुणस्तर बढाउन अपरिहार्य रहेको बताए । उनले प्राप्त सामग्रीको सही सदुपयोग र उपयोग गर्ने प्रतिवद्धता जनाए ।

पालिका प्रेस
थप जानकारी