![](https://palikapress.com/wp-content/uploads/2024/04/1711980884499-1711981140.jpg)
जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था एल आई सी नेपाल पालुङ शाखाले स्वर्गीय किसन तामाङको परिवारलाई मृत्युदावीको रकम हस्तान्तरण गरेको छ ।
थाहा नगरपालिका ३ घर्तीखोला दम्की निवासी किसन तामाङले वि स २०७९ असोजमा एल आई सी नेपालमा दुइ लाखको बीमा गरेकामा पोलिसीमा मृत्यु दावी परेपछि उनको आश्रीत परिवारलाई दावी भुक्तानी गरिएको हो । सोमबार एक कार्यक्रमकाबीच थाहा नगरपालिका ३ का वडाअध्यक्ष हिरेन्द्रकुमार रायमाझी र शाखा प्रमुख विकल्प बजगाँईले २ लाख २२ हजार रुपैंयाको चेक उनको परिवारलाई हस्तान्तरण गरेका हुन् ।
स्वर्गाीय तामाङको बीमा गरेको एक बर्षमा नै कालगतीको कारण २०८० कार्तिक २४ मा निधन भएपछि निजकी श्रीमती माया तामाङलाई विमाङक र एक वर्षको लाभांश सहित प्रदान गरिएको हो । तामाङले पहिलो र दोस्रो किस्ताको २६ हजार १ सय २० रुपियाँ मात्र बुझाएका थिए ।
चेक हस्तान्तरण गर्दै वडाअध्यक्ष रायमाझीले बीमा मानिसका लागि अनिवार्य नै भएकाले आफु हुदाँ आर्र्थिथक सुरक्षा र आफु नहुँदा पारिवारिकक सुरक्षा हुने भएकाले आफनो क्षमता अनुसारको बीमा गरि लगानीलाई सुरक्षीत गर्नुपर्नेमा जोड दिएका थिए । बीमाको महत्व र उपयोगिता ग्रामिण तहसम्म बुझाउन नसक्दा परिवारमा पर्ने अकल्पनिय दुर्घटना पछि भोग्नु परेको आर्थिक समस्याको तितो सत्यलाई आत्मसाथ गर्दै बीमालाई आपत विपतको साथी बनाउनु पर्ने सुझाव दिदै उपलब्ध भएको रकमलाई सहि सदुपयोग गरि आफना बाल बालिकाको शिक्षा दिक्षामा प्रयोग गरि सुरक्षीत लगानी गर्न समेत उनले अनुरोध गरे ।
सोही अवसरमा एल आई सी नेपाल पालुङ शाखाका शाखा प्रमुख बिकल्प बजगाँई, एजेन्सी म्यानेजर युगशेर बिष्टले बीमा अनिवार्य बचत, आर्थिक सुरक्षा र पारिवारिक दायित्व प्रति सचेत गराउने योजना भएकाले बीमाको महत्व र उपयोगितालाई सवैले बुझनु पर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्