संघीय निजामती सेवा विधेयकमाथि १२२ वटा भन्दा बढी संशोधन प्रस्ताव दर्ता भएको छ । प्रतिनिधि सभाको विधेयक शाखाका अनुसार इमेलबाट प्राप्त संशोधन बाहेकको संख्या १२२ वटा छ । इमेलबाट प्राप्त संशोधन एकीकृत गर्दा कति वटा संशोधन परेको यकिन हुनेछ ।

विधेयकमाथि संशोधन दर्ता गर्ने समय भने सकिएको छ ।संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । यो विधेयकमाथि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल सकिएको छ ।

सैद्धान्तिक छलफल सकिएपछि सांसदहरूका लागि संशोधन प्रस्ताव दर्ता गर्ने समय ७२ घण्टा खुला भएको थियो । उक्त समय आइतबार सकिएको छ ।

पालिका प्रेस
थप जानकारी