कुलेखानी-फाखेल-हुमाने-फर्पिङ सडकको हुमाने खण्ड । फोटो आश बहादुर लामा ।

हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको मार्गअन्तर्गत कुलेखानी– फाखेल–फर्पिङ सडकखण्ड निर्माण तथा मर्मतको काम जारी रहेकोले मंगलबारबाट बन्द भएको छ । मकवानपुर हुँदै काठमाडौं जोड्ने कुलेखानी–फाखेल–फर्पिङ सडकको फर्पिङ–टल्कु–हुमाने सडक खण्डअन्तर्गत लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको भागमा कालोपत्रेको क्रममा कुलेखानी–फाखेल–फर्पिङ सडक बन्द भएको हो ।

दक्षिणकाली नगरपालिकाले कुलेखानी–फाखेल– फर्पिङ सडकको लामागाउँदेखि टल्कु बोसिन्डोलसम्मको तीन कलोमिटर सडक कालोपत्रे गर्ने कार्य मंगलबारबाट सुरु गर्न लागेको जानकारी दिएको छ । दक्षिणकाली नगर पालिकाको लामागाउँदेखि टल्कु बोसिन्डोलसम्मको सडक कालोपत्रेको क्रममा अर्को सूचना नभएसम्मका लागि सडक बन्द गरिएको प्रहरीले जनाएको छ । अर्को सूचना जारी नभएसम्मको लागि सडक भएर गुड्ने सवारी साधन वैकल्पिक सडक प्रयोग गर्नुहुन आग्रह गरिएको छ ।

सडक खण्डको हुमाने भन्ज्याङदेखि लामागाउँ पीपलबोटसम्म यसअघि कालोपत्रे गर्ने कार्य सम्पन्न भएकोमा दोस्रो चरणको लामागाउँदेखि टल्कु बोसिन्डोलसम्मको सडक कालोपत्रे गर्न लागिएको हो । प m ा ख े ल – प m िर्प ङ सडकखण्ड यसअघि १५ फागुनसम्म बन्द गरिएको थियो । इन्द्रसरोवर गाउँपालिकाले सूचना निकालेर सडक खण्डको मकवानपुरतर्फको भाग निर्माण कार्य रहेकाले बन्द हुने जानकारी गराएको थियो ।

कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्न बन्द गरिएको थियो । इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईंका अनुसार यसअघि १६ माघबाट दुई महिनासम्म बन्द गरिएको हो ।

पालिका प्रेस
थप जानकारी