मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–६ टिकुले टोल स्थित बकैया खोलामा डुबेर बालकको मृत्यु भएको छ ।

स्थानीय चौरे स्याङतानको छोरा ६ वर्षिय संदिप स्याङतानको बकैया खोलाको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

खोलामा डुबी घाईते भई उपचारको लागी सामुदायिक प्रसुति गृहअस्पताल निजगढ बारामा लगेकोमा उपचारको क्रममा संदिप स्याङतानको मृत्यु भएको हो ।

पालिका प्रेस
थप जानकारी