सामुदायिक विध्यालयकाे गुणस्तर सुधार पहिलाे प्राथमिकता रहेकाे हेटाैँडा ४ नं. वडाकाे अध्यक्ष नवीन सिग्देलले बताउनु भयाे ।

भुटनदेवी माविद्वारा आन्तरीक श्राेतबाट नव नियुक्त ९ जना शिक्षकलाई स्वागत र विध्यालयमा छाेराछाेरी अध्ययन गराउने शिक्षकलाई सम्मान गर्दै अध्यक्ष सिग्देलले हाम्राे पहिलाे अभियान भनेकाे शैक्षिक अभियान भएकाे बताउनु भयाे । उहाँले जबसम्म आफूले पढाउने विध्यालयमा शिक्षकले आफ्ना छाेराछाेरी अध्ययन गर्दैनन् तबसम्म सामुदायिक विध्यालयप्रति जनविश्वास नहुने बताउनु भयाे । शिक्षाकाे गुणस्तर सुधार्न शिक्षककाे भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताउँदै भुटनदेवी माविकाे व्यवस्थापन समितिकाे अध्यक्ष समेत रहेका सिग्देलले अन्यकाे भूमिका सहायक भएकाे दावि गर्नुभयाे ।

गुणस्तर सुधारमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएकाे  ४ नं. वडाका विध्यालयमा शिक्षकले आफ्ना छाेराछाेरी भर्ना गर्ने क्रम बढेकाे छ, यसअघि श्रमिक माविले पनि छाेराछाेरी आफ्नाे विध्यालयमा भर्ना गर्ने शिक्षकलाई सम्मान गरेकाे थियाे । विध्यालयका प्रधानाध्यापक माधव दाहालकाे अध्यक्षतामा भएकाे स्वागत सम्मान कार्यक्रममा बाेल्दै प्रअ दाहालले सार्वजनिक विज्ञापन गरेर प्रतिस्पर्धाद्वारा उत्कृष्ट भएकालाई नयाँ शिक्षक नियुक्त गरिएकाे बताउँदै कर्तव्यनिष्ट भएर कार्य गर्नुपर्ने बताउनुभयाे । कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका सदस्यहरू राजेन्द्रकुमार बस्ताकाेटी, कृष्णप्रसाद कंडेल, सहप्रअहरू वेदराज काेईराला, भरत पाेख्रेल, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमीरेलगायतकाे उपस्थिति रहेकाे थियाे ।

पालिका प्रेस
थप जानकारी