अमेरिकन डलर भन्दै कागजको बिटो दिएर पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले मकवानपुरकी एक युवतीसहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबिसे नगर पालिका–२ घर भएका ३५ वर्षीय धनकृष्ण शिवभक्ती, सोही ठाउँका ५६ वर्षीय दातेम्बा शेर्पा, बाह्रबिसे–३ का ४० वर्षीय हरेराम भुजेल, सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ३ का ४१ वर्षीय गणेशबहादुर विक र मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ कि ५५ वर्षीया मीना तामाङ छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंको तार्केश्वरस्थित डाँडागाउँबाट पक्राउ गरेको हो । उनीहरुले दोलखाको मेलुङ गाउँपालिका–१ घरभई ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा फर्निचर व्यवसाय गरी बस्ने ३१ वर्षीय रवीन्द्र कोइरालालाई सस्तोमा डलर साटिदिने भन्दै ठगी गरेको आरोप छ । गत चैतदेखि निरन्तर फलो गर्दै आफूहरु साँढे १५ लाख डलर रहेको र सस्तोमा साटिदिने भन्दै कागजको बिटो दिएर पाँच लाख ठगी गरेको आरोप छ ।

डलर साटिदिने भन्दै भक्तपुरको ठिमी नगरपालिका–४ स्थित कोरियन अस्पताल पछाडि लगेर वैशाख ६ गते पाँच लाख रुपैयाँ ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

पालिका प्रेस
थप जानकारी