नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । २९ वैशाख हेटौंडामा आयोजना गरिएको गोष्ठीमा मकवानपुर जिल्लाबाट निर्वाचित निर्वाचित जनप्रतिनिधिको सहभागिता थियो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता थियो । प्रमुख अतिथि मोक्तानले जनप्रतिनिधिको क्षमता विकासका लागि गोष्ठी उपलब्धिमूलक हुने बताइन् । गोष्ठीमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संघीय सांसद् माधब सापकोटा (सुबोध) ले ‘कुशल नेतृत्वका आयाम, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम् बागमती प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले ‘स्थानीय तहको बजेट प्राथमिकीकरण र समाजवाद उन्मुखता’, अधिवक्ता गणेश पाण्डेले ‘स्थानीय सरकारको काम, कर्तव्य र अधिकार’ विषयमा प्रशिक्षण दिएका थिए ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुर संयोजक भीम पाख्रिनको सभाध्यक्षतामा भएको गोष्ठीमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इञ्चार्ज विजय गौतमले गोष्ठीको औचित्यमाथि प्रकाश पारेको गोष्ठीमा थाहा नगरपालिकाका पूर्वमेयर लवशेर बिष्ट र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले स्थानीय सरकार सञ्चालनको अनुभवजन्य मन्तव्य राखेका थिए ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुर सचिव वीरबहादुर घलान ज्वालाले सञ्चालन गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य प्रमिला लामा, नेकपा माओवादी केन्द्र वागमती प्रदेश कमिटी सचिवालय सदस्य ललित घलान, ज्येष्ठ कम्युनिष्ट मञ्च केन्द्रीय सदस्य रामहरि सुबेदीको आतिथ्यता थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट मकवानपुर जिल्लाका स्थानीय तहमा निर्वाचित प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यलगायत पार्टीका नेता/कार्यकर्ताको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी