युवराज विष्ट

मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाबाट युवराज विष्ट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका छन् । थाहा नगरपालिका वडा नम्बर २ मा २९ वैशाखमा भएको अभिभावक भेलाबाट ४ जना सदस्य चुनेको थियो ।

विष्टलाई ३१ बैशाखमा अध्यक्ष पदमा चुनेको हो । समितिले थप दुई सदस्य मनोनित समेत गरिसकेको छ । अध्यक्षमा युवराज बिष्टसंगै सदस्यहरुमा सहदेव ढकाल, बिष्णुमाया थिङ, सुधा कार्की, मनोनित सदस्यमा दिपेन्द्र राज प्रधान र मिना थापा रहेका छन् । पदेन सदस्यमा वडा अध्यक्ष बम बहादुर सिनतान, शिक्षक प्रतिनिधि मनोज कार्की र सदस्य सचिवमा प्रधानाध्यापक बिष्णुहरी ढकाल रहेका छन् ।

वडा सदस्य समेत रहेका बिष्टले अध्यक्षमा चुनिएसंगै विद्यालयको शैक्षिक सुधारको निम्ति आफ्नो काँधमा थप जिम्मेवारी आएको बताउदै वडाले घोषणा गरेको शैक्षिक सुधारका कार्यक्रमहरु लागू गर्न आफू तत्पर रहेरको प्रतिक्रिया दिए । विद्यालयको प्रगती र विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गरेर नतिजामा उत्कृष्ट बनाउने नव निर्वाचित अध्यक्ष विष्टको प्रतिवद्धता रहेको छ ।

पालिका प्रेस
थप जानकारी