थाहा नगरपालिकाको विकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम भएको छ । आर्युवेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरको आयोजनामा ३१ वैशाखमा कार्यक्रम भएको नागरिक आरोग्य केन्द्र थाहानगरकी देवकी तिमिल्सिनाले बताइन।

चिकित्सालयका कार्यालय प्रमुख डाक्टर ललित पाण्डेको अध्यक्षता तथा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा आर्युवेद चिकित्सालयका प्रेम शंकर प्रसाद, ऋषिराम बराल र दिपेश पराजुलीले आर्युवेद चिकित्सा र औषधिको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा थाहा नगरपालिका भित्रका शिक्षक, विद्यार्थी, महिला स्वास्थ्य स्वयंसेविका वडाका पदाधिकारी तथा आरोग्य केन्द्रका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी