हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयद्वारा श्रमिक मावि, हेटौंडा –४ का बालविकासदेखि ५ कक्षा सम्मका ६२ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक टिसर्ट, ट्राउजर, ज्याकेट, जुत्ता प्रदान गरको छ ।

विद्यालयका विपन्न विद्यार्थी छनौट गरि अध्ययनलाई निरन्तरताको लागि पोशाक प्रदान गरिएको ४ नं वडा अध्यक्ष नवीन सिग्देलले बताए । सिग्देल सामुदायिक विद्यालयको शिक्षालाई सुधार्न आफूले ध्यान केन्द्रित गरेको बताउँदै शैक्षिक सुधार अभियानमा सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विवेक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरू गीता त्रिपाठी, जग्गनाथ पाण्डे, व्यवस्थापन समितिका सदस्य रिता दाहाल, विशेश्वरी मलेकु, पिटिए अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, पूर्व विद्यार्थी समाजका अध्यक्ष सुरेश श्रेष्ठ, प्रधानाध्यापक श्रीराम दाहाल, अभिभावक लगायतको उपस्थिति रहेको सह प्रअ गोपिरमण प्याकुरेलले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी