१२ मन्त्रालय र १३ मन्त्री रहेको बागमती प्रदेशमा एकीकृत समाजवादीकी नेतृ रमा आले मगर ४३ दिनदेखि बिनाविभागीय मन्त्री छिन् । माओवादीले मुख्यमन्त्रीसहित चार मन्त्रालय, एमालेले पाँच मन्त्रालय, एकीकृत समाजवादीले दुई र हाम्रो नेपाली पार्टीले एक मन्त्रालय सम्हालिरहेका छन् ।

मगरले मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई दबाब बढाउँदै आएकी छन् । बागमती प्रदेशका अरु १२ वटा मन्त्रालयमा मन्त्रीहरुलाई नीति तथा कार्यक्रम बनाउन र बजेट बनानका लागि भ्याइ नभ्याइ छ । मन्त्रालयहरुमा बजेट माग्नेहरुको निकै लर्को लागेको छ । मन्त्रीहरु सबैजसो काम छोडेर बजेट बनाउन तिर लागेका छन् । तर, बिनाविभागीय मन्त्री रमा आले मगर भने हाइसन्चोमा छिन । अझै पनि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रालय कहिले दिने भन्नेमा कुनै ठोस निर्णय हुन सकेको छैन ।

२० चैतमा मुख्यमन्त्री जम्कट्टेल, एमाले संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री जगन्नाथ थपलिया, एकीकृत समाजवादी दलका नेता कृष्ण शर्मा खनाल र मगरबीचको सहमतिमा धेरै रकम खर्च गर्ने मध्यको एक मन्त्रालय दिने तयारी थियो । मुख्यमन्त्री जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिनुअघि एकीकृत समाजवादीलाई सहमतिमा ल्याउन मगरलाई मन्त्री नियुक्त गरेका थिए । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमत पु¥याउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । विश्वासको मत दिन प्रदेशसभा बैठकमै नआएकी मगरलाई मन्त्री नियुक्त गरेर उनले फकाएका थिए ।

मगरकै कारण ४ घण्टा ढिलो गरी बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले ५६ सांसदको विश्वासको मत पाएका थिए । ७ दिनभित्र मन्त्रालयको जिम्मेवारी दिन्छु भने मुख्यमन्त्रीले मन्त्रालय नदिएका हुन् ।

पालिका प्रेस
थप जानकारी