सानिमा रिलायान्स इन्स्योरेन्स पालुङ शाखाले बिमित स्वर्गीय देउमाया थिङको परिवारलाई मृत्युदावीको रकम हस्तान्तरण गरेको छ । थाहा नगरपालिका ५ निवासी देउमाया थिङले २०८० मंसिरमा बीमा गरेकामा पोलिसीमा मृत्यु दावी परेपछि उनको आश्रीत परिवारलाई दावी भुक्तानी गरिएको हो ।

थाहा नगरपालिका ५ का वडा सदस्य बिमला तामाङ र शाखा प्रमुख रचना बस्नेतले २ जेठमा उनको घरमै पुगेर बिमा रकमको चेक उनको परिवारलाई हस्तान्तरण गरिएको हो । स्वर्गिय थिङको बीमा गरेको ६ महिनामा नै कालगतीको कारण निधन भएपछि निजको श्रीमान सिताराम थिङलाई विमाङ्क र लाभांश सहितको रकम प्रदान गरिएको हो ।

सो अवसरमा सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखाका शाखा प्रमुख रचना बास्नेत, एजेन्सी म्यानेजर स्मिता बिष्ट, निलिमा गोपाली, महिला स्वास्थ्य स्वयंसेविका सुनमाया थिङ, दामन शहरी स्वास्थ्य केन्द्रका प्रमुख प्रकाश घिमिरेले बीमा अनिवार्य बचत, आर्थिक सुरक्षा र पारिवारिक दायित्व प्रति सचेत गराउने योजना भएकाले बीमाको महत्व र उपयोगितालाई सबैले बुझनु पर्नेमा जोड दिएका थिए ।

पालिका प्रेस
थप जानकारी