एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ गाउँपालिकाको अधिबेशनल अशोक थिङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्ष सपना रुम्बा, प्रदिप घलान, सचिवमा प्रकाश थोकर, कोषाध्यक्ष तीर्थराज प्रजा, सहसचिव नारायण महतो रहेका छन् ।

यसैगरी, अधिवेशनले महेन्द्र यादव, सूर्यनारयण चौधरी, जुनु दोङ, आशा रुम्बा, डिल्लीप्रसाद स्याङतान, तिलक बिक, गोबिन्द थिङलगायत सदस्यमा निर्वाचित भएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका जिल्ला अध्यक्ष बसन्त राईको प्रमुख आतिथ्यमा भएको भेलामा शुभरत्न गोले, बनस्तम थिङ, हस्तबहादुर मोक्तान, एकराज गौतम, साजन पाख्रिनलगायतको आतिथ्यता रहेको थियो ।

अध्यक्ष सुजनकुमार मोक्तानको सभाध्यक्षतामा सम्पन्न भएको अधिबेशनले प्रमुख अतिथि राइले सबै प्रकारका शिक्षकको हकहित र अधिकार सुरक्षित गर्न यस संगठनमा आवद्ध रहन सबैलाई अपिल गरेका छन् ।

पालिका प्रेस
थप जानकारी