देशमा संघीयता कार्यान्वयनसंगै विकासले गति लिएको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानले बताइन् । ५ जेठमा थाहा नगरपालिकाको वडा नम्बर ८ मा भएको नेकपा माओवादी केन्द्र ८ नम्बर वडा सम्मेलनलाई संवोधन गर्दै मोक्तानले भनिन्–‘आग्रामा यहाँसम्मको विकास आइपुग्नको लागि संघीयताले अहम भूमिका रहेको छ ।’ अहिलेको संघीयता, धर्म निरपेक्षता, समानुपातिक, सहभागितामूलक व्यवस्था माओवादी आन्दोलनको उपलब्धी भएको मोक्तानको भनाइ थियो ।

मन्त्री मोक्तानले दामगाडे, आग्रा, महादेववेसी सडक आयोजना संघीयता पश्चात्को विकासको उदाहरण भएको बताउँदै ९९ सय करोडको यो आयोजना पूरा भएपछि यस क्षेत्रको विकास कसैले रोक्न नसक्ने बताइन् । प्रदेश सरकारले निश्चित बजेटको बाबजुद थाहा नगरपालिकाको बिकासको लागि सक्दो पहल गरिरहेको उनले बताइन् । नेकपा माओवादी केन्द्र वडा नम्बर ८ का उपाध्यक्ष डम्बर बहादुर रुम्बाको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्रका थाहानगर इन्चार्ज तथा पुर्व नगर प्रमुख लवशेर बिष्ट, नगर प्रमुख बिष्णु बहादुर बिष्ट, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा, वाइसीएल केन्द्रिय सदस्य नवराज थिङ, अखिल नेपाल महिला संघ क्रान्तिकारीका नगर अध्यक्ष शकुन्तला गोपाली, माओवादी केन्द्रका जिल्ला समन्वय समिती सदस्यहरु अरुण रायमाझी, टिकाराम रुम्बा, सनमसिंह स्याङ्तान लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

सम्मेलनमा वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, माओवादी थाहानगर सचिव लक्ष्मण बिष्ट, वाइसीएल थाहाका दिपेन्द्र कुमार थिङलगायतका माओवादी नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सम्मेलनमा नेकपा एमाले परित्याग गरि ३ जना माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रका नगर उपाध्यक्ष सुमन कार्कीले जानकारी दिए।

वडा भेलाले राजकुमार थिङ सुवासको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी समेत गठन गरेको छ। कमिटिको उपाध्यक्षमा डम्बर बहादुर रुम्बा र कृष्ण बहादुर सापकोटा, सचिव राममणी कार्की, सहसचिव मणिकलाल घलान र कोषाध्यक्षमा लक्ष्मी कार्की रहेका छन् ।

पालिका प्रेस
थप जानकारी