चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका कार्यालयहरुको संयुक्त टोलीले चोरी गरिएका पाँच वटा मोटरसाईकलसहित ६ जनालाई पक्राउ गरेको हो ।

विभिन्न मितिमा चोरी भएका मोटरसाइकलहरुको खोजतलास गर्ने एवं चोरी नियन्त्रण गर्ने क्रममा नियन्त्रणमा लिएका व्यत्तिहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । मोटरसाइकल चोरीमा पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१५ का २० वर्षीय मिलन पाख्रिन, हेटौँडा उपमहानगरपालिका–१६ का ३० वर्षीय रत्नबहादुर गोले, हेटौँडा–८ का १९ वर्षीय संजीव भोलन, बकैया गाउँपालिका–८ का ३३ वर्षीय रमेश लोप्चन, ईन्द्रसरोवर गाउँपालिका–५ का सुवास बोम्जन, हेटौँडा उपमहानगरपालिका–१९ का अशोक स्याङ्तान रहेका छन् ।

चोरी गरेका पाँच वटा मोटरसाइकलहरु पनि उनीहरुबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए । उनीहरुले ५ वटा मोटरसाइकल विभिन्न स्थानबाट फरकरफरक मितिमा चोरी गरेका हुन् । पक्राउ परेका ६ जनालाई चोरी मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ८ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी