बागमती प्रदेशस सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरिदै छ । आज दिउसो ३ जबे प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रदेश प्रमुख यादब चन्द्र शर्माले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्न लागिएको हो । प्रदेश सरकारले आउँदो असार १ गते बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार पनि घटाएको छ । चालु आर्थिक वर्षमा भन्दा प्रदेशका १३ वटै मन्त्रालयमा बजेटको आकार घटाइएको मन्त्रालयका कर्मचारीहरुले बताएका छन् । प्रदेश सरकारको आमदानीको श्रोत घट्दै गएको र बजेटको आकार पनि घटाइएको हो ।

पालिका प्रेस
थप जानकारी