शहीद कृष्ण सेन ईच्छुकको २२ औं स्मृति दिवसको अवसरमा १३ जेठमा हेटौंडामा अन्तरक्रिया तथा पत्रकारहरुलाई सम्मान र पुरस्कार वितरण गरिएको छ । प्रेस सेन्टर नेपाल मकवानपुरको आयोवजनामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विभिन्न क्षेत्रमा योगदान पु¥याउने पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अग्रज पत्रकारहरु महेन्द्र श्रेष्ठ, सम्झना कार्की, राममणि दाहाल, रामकुमार एलन, भानुभक्त आचार्य, कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ, कलमचन्द्र सुमन र मोहनमान साँगामीलाई माला र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा रुद्रसेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रताप बिष्टलाई, रुद्रसेन स्मृति पत्रकारिता पुरस्कार नवराज शर्मा तिमल्सिनालाई र कौशल पाण्डे जनपक्षीय राष्ट्रिय पत्रकारिता पुरस्कार महेश्वर दाहाललाई प्रदान गरिएको थियो । साथै, क्रियाशील पत्रकारिता पुरस्कारबाट राजन दाहाल, एमपी शर्मा, सुबाश बिडारी, सरला अधिकारी, बालकृष्ण दाहाल र प्रतिक्षा न्यौपानेलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै, ग्रामिण पत्रकारिता पुरस्कार शिवकुमार काशी, उमेश राई, शम्भु अधिकारी र विवेक सिन्तानलाई प्रदान गरिएको थियो । सुत्केरी प्रोत्साहन बापत जनही नगद पाँच हजार रुपैयाँ पत्रकारहरु रञ्जिता डंगोल, रुपा गुरुङ र मनिता दानीलाई प्रदान गरिएको थियो ।

प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अन्जली थापाको सभाध्यक्षतामा भएको कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले पत्रकारहरुमा आलोचनात्मक चेत हुनुपर्ने भन्दै खबरदारी र सचेत गराउँनुपर्नेमा जोड दिए । संचार क्षेत्र सम्बन्धि नीति, कानून, नियमावली र नियम प्रदेश सरकारले बनाएको भन्दै कार्यान्वयनमा देखिएका समस्या समाधान गर्दै कार्यान्वयन गरिने बताए। सो कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकस मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष एवं केन्द्रीय ईन्चार्ज महेश्वर दाहालको विशेष आतिथ्य रहेको थियो ।

पालिका प्रेस
थप जानकारी