संघीय सरकारको बजेटमा सधैझै यस पटक पनि हेटौंडा कपडा उद्योग संचालन गर्नका लागि बजेट छुट्याइएको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्षको बजेटमा पनि हेटौंडा कपडा उद्योग सञ्चालन गर्नेगरी बजेट ल्याइएको छ । तर, कपडा उद्योग सञ्चालन हुने कुनै स्थिती छैन ।

सरकारले सार्वजनिक निजी साझेदारी मोडलमा हेटौँडा कपडा उद्योग सञ्चालन गर्न बजेट व्यवस्था गरेको अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणका क्रममा बताए । यस्तै सरकारले बागमती प्रदेश अन्तर्गत गर्ने उत्तरी नाका केरुङदेखि काठमाडौँ रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न पनि बजेट विनियोजन गरिएको पुनले बताए ।

सरकारको बजेटमा धादिङको हिमाली क्षेत्रमा कस्तुरी मिर्ग लगायतका वन्यजन्तु पालन गर्ने व्यावसायिक फार्म स्थापना गर्ने, सुनकोसी जलविद्युत आयोजनाको विस्तृत अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाउने, सार्वजनिक– निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हब सञ्चालनका लागि काठमाडौँको डिल्लीबजार स्थित चारखालमा बहुतले संरचना निर्माण गर्ने योजना समेटेको छ ।

सरकारले ललितपुरको खुमलटारमा ज्ञान पार्क स्थापना गर्न १७ करोड रुपैयाँ विनियोजन गरिएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य सुरु गर्न र भरतपुर विमानस्थलको विस्तार कार्यका लागि ३६ करोड रुपैयाँ विनियोजन गरेको छ।

बागमतीलाई सूचना प्रविधि विशिष्टिकृत आर्थिक हबको रूपमा विकास गर्ने, मकवानपुरको मयुरधाप र चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण तथा सञ्चालन गर्ने सरकारको योजना छ । यस्तै सुनकोसी मरिण डाइभर्सनको हेर्डवक्स, पावर हाउस लगायतका संरचना निर्माणका लागि ३ अर्ब १२ करोड रुपैयाँ विनियोजन गरिएको छ

पालिका प्रेस
थप जानकारी