
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं.५ बाघखोरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ बर्षीय रोहित रुम्बा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार दिउँसो बाघखोरस्थितमा रोड निर्माणको लागि खडा गरेको अमर कन्ट्रक्सनको बाघखोर क्रसरको ट्रान्समिटरको तारमा छुन जाँदा अचानक करेन्ट रुम्बाको मृत्यु भएको हो ।
उनी मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्