मकवानपुरको थाहा नगरपालिकालाई संघीय राजधानी जोड्ने छोटो गणेशमान सिंह मार्ग (चित्लाङ चन्द्रागिरी सडक) बागमती प्रदेश सरकारको प्रदेश लोकमार्गमा सूचीकृत भएको छ । उक्त सडकको कुन्छाल खण्डबाटै प्रदेश लोकमार्गमा समावेश गरेको जनाइएको छ । २९ किलोमीटर दुरीलाई प्रदेश लोकमार्गमा सूचीकृत गरिएको राजपत्रमा उल्लेख छ ।

बागमती प्रदेश सरकारले १० असारमा राजपत्र सार्वजनिक गर्दै १३ जिल्लाका २० वटा सडकलाई प्रदेश लोकमार्गमा सूचीकृत भएको जानकारी गराएको हो ।

राजपत्र मार्फत सडकको वर्गीकरणसहित सडक गुरुयोजना समेत तयार गरेको राजपत्रमा उल्लेख छ । राजपत्र अनुसार १३ जिल्लाका ११९ स्थानीय तहका ११२ वटा सडक प्रदेश मार्गमा सूचीकृत भएको छ ।

गणेशमान सिंह मार्ग (कुन्छाल चित्लाङ थानकोट चेकपोष्ट) लाई सूचीकृत गरेपछि स्थानीयहरुले खुशी व्यक्त गरेका छन् । स्थानीय रञ्जित अर्यालले भने-“थाहा नगरबासीलाई खुसिको खबर छ, थाहा लाई काठमाण्डौ सङ्ग जोड्ने छोटो सडकको स्तरउन्नतीको लागी केही हदसम्म सम्बोधन हुने भयको छ । “

पालिका प्रेस
थप जानकारी