
निरन्तरको वर्षापछि कुलेखानी इन्द्रसरोवर तालमा पालेको माछा पालनमा बाढीले क्षति पु¥याएको छ । बाढीसंगै चलेको हावाका कारण माछाको केजको डोरी चुडिएर केज अनियन्त्रित भएका छन् ।
बाढीसंगै कुलेखानी पु¥याएको हिलोले माछा मरेको इन्द्रसरोवर मत्स्य व्यवसायी संघ मार्खुका अध्यक्ष सनक कुमार नगरकोटीले जानकारी दिए । गत आर्थिक वर्षमा केज र खुला माछा पालनका लागि ४० लाख रुपैयाको भुरा छोडिएकोमा ठूलो क्षति बेहोर्नु परेको अध्यक्ष नगरकोटीले जानकारी दिए । चारसय ५० केज र खुला रुपमा पालिएको माछामा क्षति भएको यकिन विवरण प्राप्त भैनसकेको कोषाध्यक्ष योगेन्द्र थापाले जानकारी दिए । थापाले भने–‘केज व्यवस्थापन गर्दैछौं, लाखौको क्षति भएको छ भोलिसम्म क्षतिको यकिन विवरण आउनसक्छ ।’
वि.सं. २०५५ सालमा दर्ता भई पछिल्लो समय सामुहिक माछापालन गर्दै आएको संघमा अहिले ६ सय ८५ किसान शेयरहोल्डर रहेको व्यवस्थापक अरुणा लामाले बताइन् । लामाका अनुसार बाढीसंगै आएको हिलो माछाको गिल्समा पसेर मर्ने गरेको छ ।
यसैबीच मत्स्य विकास केन्द्र कुलेखानीले पालेको पनिकरिब ३ सय जति माछा हिलोका कारण मरेको केन्द्रकी प्राविधिक तुल्सी जिरेलले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्