मकवानपुर भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे सरुवा भएका छन् । पार्धे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका हुन् ।

२०८० पौष २ गते भीमफेदी गाउँपालिकामा हाजिर भएका पार्धेले भीमफेदीमा ७ महिना प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्य सम्पादन गरे । सरुवा भएका प्रशासकीय अधिकृत पार्धेलाई एक समारोहकाबीच गाउँपालिकाले १३ साउनमा विदाई गरेको छ । गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष संजिव श्रेष्ठ तथा जनप्रतिनीधिहरु र कर्मचारीले पार्धेलाई शुभकामनासहित विदाइ गरेका हुन् ।

सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत पार्धेले आफूलाई भीमफेदीमा रही कार्यसम्पादन गर्न सहज बनाउने सबैलाई धन्यवाद दिएका छन् । उनले भने–‘भीमफेदी गाउँपालिकाबाट बिदा भएको छु । मेरो भीमफेदीको बसाईलाई सहज बनाउन अभिभावकीय भुमिका निर्वाह गर्नु हुने गाउँपालिका आदरणीय अध्यक्ष हिदम लामाज्यु, आदरणीय उपाध्यक्ष संजीव श्रेष्ठज्यू, सम्पुर्ण वडाध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्युहरु, वडा सदस्यज्यूहरु, मेरा सबै सहकर्मी कर्मचारी साथीहरु, सबै राजनितिक दलका प्रतिनिधिज्यूहरु, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज, भीमफेदी बासी जनता सबै प्रति आभारी छु । यसका लागि सबैप्रति कृतज्ञता व्यक्त गर्दछु ।’

पालिका प्रेस
थप जानकारी