थाहा नगरपालिका वडा नम्बर २ पालुङका राम श्रेष्ठले प्रशिद्ध इन्द्रायणी मन्दिरमा पित्तलको नाग चढाएका छन् ।

ऐतिहासिक इन्द्रायणी मन्दिरमा विशेष पुजाआजा तथा बाजागाजाको साथमा श्रेष्ठले नागको मूर्ति प्रतिस्थापन गरेका छन् । मुर्ति इन्द्रायणीको मुल मूर्तिको वरीपरी सजाएर राखिएको छ । श्रेष्ठ साविक पालुङ गाउँ पञ्चयातका प्रधानपञ्च आशा मरु श्रेष्ठका छोरा हुन् । उनका चार दाजुभाइ छन् । ‘मैले मन्दिरका लागि नागको प्रतिमा चढाएको हुँ, यसको संरक्षण सबैले गर्नुस्’–श्रेष्ठले भने ।

उनै श्रेष्ठले साँस्कृतिक थाहा नगरपालिकाको २ नम्बर वडाको शहर पालुङमा निर्माण भएको नमुना धरहराको गजुर पनि सहयोग गरेका थिए । श्रेष्ठले गाउँघरका विभिन्न सामाजिक काम तथा धार्मिक स्थलहरुका लागि सहयोग गर्दै आएका छन् । उनले गर्ने सहयोगको स्थानीयहरुले खुलेर प्रशंसा गरेका छन् ।

यसअघि पालुङकै निरोज प्रधानले मन्दिरको वरीपरी दियो स्थापना गरेका छन भने सुरज प्रधानले यसै वर्ष पित्तलको झण्डा चढाएका छन् । मन्दिरमै थाहा नगरपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष गुप्त बहादुर कार्कीले पित्तलको चँदुवा चढाएका छन् ।

पालिका प्रेस
थप जानकारी